Techie IT
१९ मंसीर २०७८, आईतबार

भिरबाट लडेर मृत्यु


काठमाडौं ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ यासिर लेक बस्ने ३५ वर्षीय टसि दोर्जे गुरुङको स्थानीय भिरबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै भेडी गोठमा जाने क्रममा आइतबार सोही ठाउँस्थित यासिर लेकको भिरबाट करिब ५ सय मिटर तल लडेर घाइते अवस्थामा फेला परेका उनलाई उद्दार गरी जिल्ला अस्पताल जोमसोम पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्