Techie IT
१९ मंसीर २०७८, आईतबार

मृत अवस्थामा फेला


काठमाडौं ।

कैलालीको धनगढी उपमहानगरपालिका-१६ ओझा टोल बस्ने ४५ वर्षीय मिन बहादुर साउद सोही ठाउँस्थित भागिराम चौधरीको पसल पछाडी रहेको गोठमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ फटकशिला बस्ने नबराज बिकको घरमा बिगत ९ महिनादेखि ज्याला मजदुरी गर्दै आईरहेका उदयपुर गाईघाट घर बताउने करिब ५५ वर्षीय लक्षु घिमिरे निजकै घरको आगनमा सुतेको अवस्थामा सोमबार मृत फेला परेका छन् ।

पाल्पाको तानसेन नगरपालिका-१४ ऋषिकेश मन्दिर परिसरको पौवामा नुवाकोट वतन भएका ६० वर्षीय महानाथ नेपाल सोमबार मृत अवस्थामा फेला परेका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका-८ गोकुल खोलामा बैतडी डिलासैनी गाउँपालिका-६ बस्ने ७५ वर्षीय गगन सिंह बोहोरा सोमबार मृत अवस्थामा फेला परेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्