Techie IT
१९ मंसीर २०७८, आईतबार

लाठी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ


काठमाडौं ।

आफ्नै सहोदर भाई १७ वर्षीय रहिस खाँको टाउकोमा लाठी प्रहार गरी हत्या गरेको अभियोगमा बाँकेको नरैनापुर गाउँपालिका-४ नरैनापुर बस्ने ३० वर्षीय ईसाईल खाँलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित वारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा ईसाईलले लाठी प्रहार गर्दा रहिसको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नैनापुर र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले ईसाईललाई नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्