Techie IT
१९ मंसीर २०७८, आईतबार

छोराबुहारीको एनसेलमा अरबौँ लगानी , बाबु डा. आईएल आर्चाय खोलाको जग्गा दर्ता गर्ने धन्दामा

काठमाडौँ अस्पताल ठगहरुको सम्पर्क स्थल


काठमाडौँ ।

अरबौँ रुपैयाँ नाफा गरेको निजी क्षेत्रको मोवाइल कंपनी एनसेलमा २० प्रतिशत लगानी गर्ने मेलेसियन कम्पनी एक्जीयाटाको नेपाली साझेदार सतीसलाल श्रेष्ठकी श्रीमती भावना श्रेष्ठको ससुरो त्रिपुरेश्वरमा रहेको काठमाडौँ नर्सिङ होमका संचालक डा. आईएल आचार्य पनि ललितपुरको कर्मनाशा खोलाको ८ रोपनी १२ आना खोलाको नक्सा तोडमोड गरी व्याक्तिको नाममा दर्ता गरेको काण्डमा मुछिएका छन् ।

गत आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा घोटालामा काठमाडौँ अस्पताल, युरो हाउजीङ र मालपोत कार्यलयका कर्मचारीलाई विपक्षी बनाई विशेष अदालतमा मुद्दा दायर गरेपछि डा.आचार्य पनि घोटालामा संलग्न रहेको खुलासा भएको हो ।

अख्तियारले उक्त जग्गा घोटालामा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख उपसचिव बुध्दीमान जैसी नापी अधिकृत वालेश्वर यादव,सर्भेक्षक केशव थापा मगर,मालपोत कार्यालय ललितपुरका तत्कालीन प्रमुख उपसचिव वावुराम खानाल,नासु हृयख्याम नारायण पौडेल ,दिनेश न्यौपाने,खरीदार आत्माराम लुईँटेल,युरो हाउजीङ कंपनीका संचालकहरु गुणकाजी मान्नधर,योगेश्वर कृष्ण पराजुली,राजकृष्ण श्रेष्ठ,टंक बहादुर श्रेष्ठ,गोपाल दास मानन्धर,वविन मानन्धर र उज्जल मानन्धर विरुद्ध मुद्दा दायर गरेको छ ।

त्यसैगरी मुद्दा दायर गरिएका अन्य व्याक्तिहरुमा त्रिपुरेश्वरमा रहेको काठमाडौँ अस्पताल प्रालिका संचालक एर्वं नसेलको नपाली साझेदार भावना श्रेष्ठका ससुरा एवं सतिसलाल श्रेष्ठका पिता डा। ईश्वर लाल ९आई।एल० आचार्य डा. दुर्गामान जोशी र दुर्गेश नन्दिनी भट्टचन विरुद्ध पनि मुद्दा दायर गरी अख्तियारले जनही २ करोड २ लाख ३३ हजार ६७१ रुपैँया ८८ पैशा विगो दावी गरेको छ ।

कर्मनाशा खोलो फर्काएर जग्गा आफ्नो नाममा दर्ता गरेको काण्डको खुलासा भएपछि सतिसलाल श्रेष्ठले श्रीमती भावना श्रेष्ठको नाममा एनसेलमा २० प्रतिशत लगानी गरेको र सतिसलालका पिता डा।९आई। एल० आचार्यले काठमाडौँ अस्पतालमा गरेको लगानी देखावटी मात्र भएको स्पष्ट भएको छ ।

त्यति ठुलो लगानी कर्ता र घरानिया व्याक्ति भएको भए यसरी खोलो आफ्नो नापमा दर्ता गरेर हाउजीङ कम्पनीलाई विक्रि गरेर अर्थोपार्जन गर्ने जस्तो भूई फुट्टा वर्गले गर्ने जस्तो कुकुत्य गर्ने कुकर्ममा डा.आइएल आचार्य संलग्न हुन सक्ने थिनन् कि भन्ने आम जिज्ञासा रहेको छ । सुकिला मुकिला देखिने र टाठावाठा भनाउँदा व्याक्तिहरुले हाम्रो मुलुकलाई कसरी होहन गरिरहेका छन भन्ने उक्त घटनाले प्रतिनिधि मूलक तस्वीर देखाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्