Techie IT
१९ मंसीर २०७८, आईतबार

‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित


काठमाडौं ।
समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित भएका छन् । विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पु-याएवापत उनलाई सो सम्मान अर्पण गरिएको हो ।

दी क्रिएटर्स ग्रुपद्वारा सोमबार चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सो सम्मान प्रदान गरेको हो ।“ सम्मानले आफूलाई अगामी दिनमा समाजसेवामा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको छ ।” युवा व्यवसायि समेत रहेका प्रधानले कार्यक्रममा भने ।

कार्यक्रममा ‘प्लेयर अफ दि इयर२०२०’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित भएका थिए । राससका अनुसार पृथ्वी जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा ‘नेशनल क्रिएटिभ्स अवार्ड २०२०’ बाट विभिन्न क्षेत्रमा अतुलनीय योगदान पु-याएका पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा रमेश खरेल, कुलमान घिसिङ, अनुराधा कोइराला, सपना रोक्का मगर र डा. सन्दुक रुइत थिए।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्