Techie IT
१९ मंसीर २०७८, आईतबार

सूर्य चिन्ह नपाए दाहाल नेपाल समूहले चुनाव वहिस्कार गर्ने संकेत


काठमाडौँ ।
नेकपा भित्रको विवादमा निर्वाचन आयोगले आफूलाई आधिकारिक मानेर सूर्य चिन्ह नदिए असन्तुष्ट दाहाल नेपाल समूहले आगामी बैशाखमा गर्ने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा भाग नलिने संकेत दिएको छ ।

सोमबार निर्वाचन आयोग पुगेको नेकपाको असन्तुष्ट समूहको टोलीले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सँगको भेटमा उक्त संकेत गरेको हो । सो समूहले प्रमुुुख आयुक्त थपलियासँग निर्वाचनको सबै प्रक्रिया रोक्न माग गरेका छन् ।

सो समूहले घोषित निर्वाचन हुन नदिने आशंका गरिएकै बेला निर्वाचनको सबै प्रकृया रोक्न माग गरेका हुन् ।प्रचण्ड,माधव नेपाल,राजेन्द्र पाण्डे,लीलामणि पोख्रेल रामनारायण विडारी र कृष्ण भक्त पोख्रेलको टोली सोमबार निर्वाचन आयोग पुगेर प्रमुख आयुक्तसँग सवालजवाफ गरी नेकपाको नाम र सूर्य चुनाव चिन्ह अरुलाई नदिन चेतावनी दिएको छ ।

नेकपाको दल दर्ता हुँदा ४४१ जना केन्द्रीय सदस्य थिए, त्यसमा पछि ४ जना केन्द्रीय सदस्य र २ जना आमन्त्रित केन्द्रीय सदस्ष् मनोनित गरिएको थियो त्यसपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी विस्तार गरी ११९९ सदस्यी बनाएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्