मृत अवस्थामा फेला

काठमाडौं ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-११ चेहेरेस्थित सुनकोशी नदीको बीच भागमा सुनकोशी गाउँपालिका-३ कालिका उखुबारी बस्ने ६३ वर्षीय केशव बहादुर थापा मगर आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङको बिराटनगर महानगरपालिका-११ स्थित बस पार्कमा काकरभिट्टाबाट आएको मे.१ ख ३३३३ नम्बरको बसमा झापा केर्खा बस्ने २५ वर्षीय राज कुमार थापा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका-६ पञ्चकन्या सामूदायिक बनमा हाल नाम, थर, वतन र उमेर नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्