Techie IT
१९ मंसीर २०७८, आईतबार

माटोको ढिस्कोमा पुरिएर मृत्यु


काठमाडौं ।

कैलालीको घोडाघोडी नगरपालिका-११ भलुवामा मोटो खन्ने क्रममा ढिस्कोमा पुरिएर सोही नगरपालिका-१० तुलसीपुर बस्ने १७ वर्षीय अशोक धामीको आइतबार दिउँसो मृत्यु भएको छ ।

माटो खन्ने क्रममा धामी ढिस्कोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पहलमानपुर, ईलाका प्रहरी कार्यालय सुखड, सशस्त्र प्रहरी बल र स्थानीयबासिन्दाको सहयोगमा माटो खनी खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्