Techie IT
१९ मंसीर २०७८, आईतबार

सवारी दुर्घटनामा २ जनाको मृत्यु


काठमाडौं ।

झापाको कन्काई नगरपालिका-७ स्थित सडकमा बा.८० प ७६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दोलखा कालिञ्चोक-८ घर भएका ८० वर्षीय खेन्द्र शिवाकोटीको आइतबार साँझ मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका(५ बस्ने २० वर्षीय किरण थापा र मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने १५ वर्षीय प्रबेश महमतको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कैलालीको टीकापुर नगरपालिका-१ लम्कीपुलस्थित सडकमा भे.१ त ५५०६ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँस्थित बनगाउँ बस्ने ३७ वर्षीया सरुपा तिवारी जैशीको आइतबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको टीकापुर अस्पताल हुँदै कोहलपुर मेडिकल कलेज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनास्थलमा तत्काल खटिएको स्थानिय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्