स्कुटरमा आगजानी गरेको अभियोगमा पक्राउ

काठमाडौं ।
स्याङजाको आँधिखोला गाउँपालिका-२ मडुवा बस्ने खिमानन्द सापकोटाको ग.४ प ९६३७ नम्बरको स्कुटरमा आगजानी गरेको अभियोगमा सोही गाउँपालिका-३ बस्ने २८ वर्षीय रबिन क्षेत्रीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पुस १४ गते राति सापकोटाको घर नजिकै पार्किङ गरी राखेको स्कुटरमा आगजानी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न क्षेत्रीलाई पक्राउ गरेको हो । उनी उपर आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्धामा जिल्ला अदालत स्याङजाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्