Techie IT
१९ मंसीर २०७८, आईतबार

१ थान बाघको छाला जस्तो देखिने वस्तु सहित पक्राउ


काठमाडौं ।

काठमाडौंको काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट १ थान बाघको छाला जस्तो देखिने वस्तु सहित भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१५ बस्ने दोलखा जिरी नगरपालिका-६ घर भएका ४८ वर्षीय जय बहादुर जिरेल समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बनेश्वरबाट खटिएको प्रहरीले उक्त बस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्