Techie IT
शुक्रबार, फागुन २१,२०७७

करेन्ट लागेर र अन्य कारणले मृत्यु तथा घाइते


काठमाडौं,साउन ३१

सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-१४ डलुवास्थित कोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, मादी गाउँपालिका-२ क्युरोखोलामा गोरखा पालुङटार घर भएका ३६ वर्षीय अमित पन्त शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सोही गाउँपालिका सेती खोलास्थित नामार्जुन हाईड्रोपावरमा शिबिल ईन्जिनियर पदमा कार्यरत पन्त खाजा खान जान्छु भनि हिँडेकोमा सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा क्युरोखोलामा ढुङगामा उनको शव फेला परेको हो । यसैगरी पोखरा महानगरपालिका-१३ डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका(१ घर भएका ५२ वर्षीय जंग बहादुर गुरुङ सोही ठाउँस्थित कुलोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

बैतडी, पाटन नगरपालिका-१ भम्कास्थित सुर्नया नदीको किनारामा सुर्नया गाउँपालिका-५ मड बस्ने ४२ वर्षीया जानकी मडै शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै गरेर रौतहटको बौधीमाई नगरपालिका-१ बस्ने रामचन्द्र साहको घर ढलान गर्न क्रममा करेन्ट लागेर सोही नगरपालिका-५ बस्ने २४ वर्षीय जितेन्द्र यादवको शुक्रबार मृत्यु भएको छ ।
घर ढलानको लागि छतमाथि गएको अवस्थामा बिजुलीको तारबाट अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै तराई हस्पिटल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका सोही नगरपालिका-५ बस्ने २२ वर्षीय शेख मुस्ताफ र ३५ वर्षीय सुरेश यादवको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

बारा, पचरौता नगरपालिका-९ कुडुवा टोल बस्ने प्रेमी राउत यादवको ११ वर्षीय छोरा अमित यादव सोही ठाउँस्थित जमुनी नदीमा डुबेर शुक्रबार मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका उनको उपचारको लागि नर्सिंङ होम कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-३ बस्ने बर्त बहादुर थापाको ४ वर्षीय छोरा केशब थापा घर नजिकै रहेको कुलोको पानीमा डुबेर शुक्रबार मृत्यु भएको छ । कुलोमा बनाएको बाँसको पुलबाट हिड्ने क्रममा लड्दा कुलोमा डुबेर गम्भीर घाइते भएका उनको उपचारको लागि मोरङ हस्पिटल पथरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रौतहटको राजदेवी नगरपालिका३ चन्डिया बस्ने शुभलाल राउतको गोठमा शुक्रबार राति आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्