Techie IT
शनिबार, फागुन १५,२०७७

सवारी दुर्घटनामा परी मृत्यु


काठमाडौं,साउन ३१

रुपन्देहीको देवदह नगरपालिका-९ घोडाहास्थित सडकमा लु.१ क ४२४४ नम्बरको क्रेनको ठक्करबाट सोही ठाउँ बस्ने ४२ वर्षीय धन प्रसाद चापागाईको शुक्रबार मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार क्रेन चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झापा, बिर्तामोड नगरपालिका-६ स्टाफ चोकमा मे.१ ह ३४९५ नम्बरको अटो टेम्पोको ठक्करबाट साइकलयात्री ईलाम रौङ गाउँपालिका-५ घर भएका ४४ वर्षीय जस बहादुर सुनुवारको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालिकोट, तिलागुफ्फा नगरपालिका-७ टाकुल्लास्थित सडकमा ना.६ ख ५४८२ नम्बरको ट्रकले किच्दा सहचालक बाँके डडुवा गाउँपालिका-४ बस्ने २४ वर्षीय कराची धोबीको शुक्रबार साँझ मृत्यु भएको छ । ट्रक रोकी ढुङगा निकाल्ने क्रममा एक्कासी पछाडी ब्याक भई किच्दा गम्भीर घाइते भएका धोबीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्