धारिलो हतियार प्रहारबाट मृत्यु

काठमाडौं,साउन ३१
काठमाडौंको तार्केश्वर नगरपालिका-६ लोलाङ बस्ने नुवाकोट घर भएका २४ वर्षीय लक्ष्मण रिमाल तामाङको धारिलो हतियार प्रहारबाट शुक्रबार मृत्यु भएको छ ।
टोखा नगरपालिका-९ मितेरी पुलमा अपरिचित ४ जनाको समूहले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका रिमालको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।अभियुक्तहरूको खोजी गर्नुको साथै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्