Techie IT
१ असोज २०७८, शुक्रबार

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ


काठमाडौं,साउन ३१

डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा भक्तपुर महानगरपालिका-३ ग्वाछे बस्ने ३२ वर्षीय श्यामकृष्ण गोसाई र चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने २७ वर्षीय संजिब ब्लोनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर महानगरपालिका-८ च्यामासिंहमा मादक पदार्थ सेवन गरी हो(हल्ला गर्दै हिँडिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले फेला पारी सम्झाई बुझाई गर्दा प्रहरीलाई अभद्र व्यवहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्