Techie IT
मंगलबार, कात्तिक ४,२०७७

कुटपिट गरी विभिन्न धनमाल लुटपाट गरेको अभियोगमा पक्राउ


काठमाडौं,साउन ३१

दाङको घोराही उपमहानगरपालिका-१६ खिरिट्टे बस्ने २६ वर्षीय अम्मर भण्डारी समेत ३ जनालाई कुटपिट गरी उनीहरुको साथबाट नगद ३० हजार रुपैयाँ, २ थान मोबाइल र घडी लुटपाट गरेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-६ चोरगाउँ बस्ने २८ वर्षीय सुबिर चौधरी र ३३ वर्षीय सुनिल चौधरी रहेका छन् । घोराही उपमहानगरपालिका-६ चोरगाउँ बस्ने प्रदिप चौधरी समेतका १० जना ब्यक्तिहरुले ३ जनालाई कुटपिट गरी उनीहरुको साथबाट धनमाल लुटि लगेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सर्राबाट खटिएको प्रहरीले सुबिर र सुनिललाई पक्राउ गरेको हो ।घटनामा संलग्न फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्