Techie IT
बिहीबार, मंसीर १८,२०७७

जबरजस्ती करणी तथा चोरी गरेको अभियोगमा पक्राउ


काठमाडौं,साउन ३१

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ चुनदेवी बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-५ कुर्कन्टार घर भएका १९ वर्षीय गंगा गिरीलाई १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गिरीले सोही नगरपालिका चुनदेवीस्थित आफैले संचालन गरेको ड्राईभिङ सेन्टरको कार्यालय कोठामा २०७६ मंसिर ७ गते ललाई फकाई ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर बुधबार प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै गरेर सुनसरीको धरान उपमहानगरपालिका-१७ बस्ने ३३ वर्षीय तेज कुमार धामीलाई ५२ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गर्नुका साथै महिलाको सुनको कुन्डल र नाकमा लगाएको सुनको फुली चोरी गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका-१७ स्थित उदय सामुदायिक बनमा निगुरो टिप्न गएकी ती महिलालाई धामीले धारिलो हतियार खुकुरी देखाई जबरजस्ती करणी उद्योग गर्नुको साथै गरगहना चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धामीलाई पक्राउ गरेको हो ।धामी उपर जबरजस्ती करणी उद्योग तथा चोरी मुद्धामा अनुसन्धान भइरहेकोप्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्