Techie IT
मंगलबार, कात्तिक ४,२०७७

नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण, २६ हजार १९ पुगे संक्रमित !


काठमाडौं,३१साउन
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शनिबार थप ४६८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। गएको २४ घण्टामा ११,०४७ वटा पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । त्यसैगरि गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । शनिवार पुष्टि गरिएका तीनै मृतक पुरुष रहेका छन्।

कपिलवस्तुका ४० वर्षीय पुरुषको शनिवार बिहान मृत्यु भएको हो।त्यस्तै पर्साका ६० वर्षीय पुरुष र धनुषाका ५० वर्षीय पुरुषको शुक्रवार मृत्यु भएको डा.गौतमले बताए। यो सँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्