Techie IT
१२ मंसीर २०७८, आईतबार

ओली-मोदीबीच टेलिफोनमा वार्ता कोरोना महामारीविरुद्ध मिलेर काम गर्ने समझदारी !


काठमाडौ,३१ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शनिबार फोनवार्ता गरेका छन्।दुई प्रधानमन्त्रीले नेपाल(भारतको साझा सँस्कृतिको सम्झना गरेको उल्लेख गर्दै मन्त्रालयले कोरोना महामारीको प्रभाव कम गर्न दुई देशले गरिरहेका प्रयासहरुको सन्दर्भमा एकजुट भएर लड्ने प्रतिवद्धता व्यक्त गरेको बताएको छ ।

प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट भारत सरकार र जनतालाई स्वतन्त्रता दिवसको अवसरमा शुभकामना र बधाई पनि दिएका छन्। प्रधानमन्त्री मोदीले कोरोना प्रभाव कम गर्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्