Techie IT
मंगलबार, मंसीर १६,२०७७

बन्दूकसहित दाजुभाइ पक्राउ


काठमाडौं,साउन ३१

रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा बन्दूकसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले आज एकै परिवारका दाजुभाइलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताएका छन्। मुझुङ्ग प्रहरी कार्यालयको टोलीले आज बिहान १० बजेतिर उनीहरुलाई बन्दूकसहित पक्राउ गरेको राससले जनाएको छ ।

उनीहरुका घरमा अवैध भरुवा बन्दूक रहेको स्थानीय बासिन्दाको सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा हतियार फेला परेपछि नियन्त्रणमा लिइएको जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्