Techie IT
बिहीबार, असोज १५,२०७७

नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण, २५ हजार ५ सय ५१पुगे संक्रमित !


काठमाडौं,३० साउन ।
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शुक्रबार थप ५९४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

संक्रमितमध्ये काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ। विगत २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ । त्यसैगरि गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो सँगै मृतकको कुल संख्या ९९ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्