Techie IT
मंगलबार, माघ ६,२०७७

चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेकपाका अन्य नेतासँग भेटवार्ता गर्दा उर्जामन्त्री रायमाझीले कीन भेटे भारतीय राजदूत ?


काठमाडौं ।

चिनियाँ कम्युनिष्ट पार्टिको टोलीले नेकपाका नेताहरुसँग भेटवार्ता गरिरहँदा नेकपा (प्रचण्डनेपाल)बाट ओली समूहमा आएर उर्जा मन्त्री बनेका नेता टोपबहादुर रायमाझीले भने नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा मन्त्री रायमाझीलाई उर्जा मन्त्री बनेकोमा राजदूत क्वात्राले बधाइ दिनुका साथै नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र दूईपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूताबास स्रोतले जनाएको छ ।

गत शुक्रबार मात्रै उर्जामन्त्री बनेका रायमाझीले नेपालको उर्जा विकासमा भातीय पक्षबाट भएका सम्झौताको कार्यान्वयनको लागि राजदूत क्वात्रासँग चासो देखाएको स्रोतले जनाएको छ ।


क्याटेगोरी : समाचार, सूचना प्रबिधि


तपाईको कमेन्ट लेख्नुहोस्