प्रदेश नं ५ प्रदेशसभाको बैठक स्थगित

काठमाडौं, २९ साउन
प्रदेश नं ५ प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगन गरिएको छ । समुुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि आज बोलाइएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । यसअघि प्रदेशसभाको २४ औँ बैठक यही साउन १८ गते बसेको थियो ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्