सुन पसल बाट सुन ठगी गर्ने महिला पक्राउ

काठमाडौं,साउन २९
झापाको शान्तिनगर न.पा. वडा नं. ६ स्थायी घर भइ हाल का.म.न.पा. वडा न.३१ नयाँ वानेश्वर बस्ने वर्ष २९ की शारदा मगरलाई सुन पसलबाट सुन ठगी गरेको आरोपमा हिजो साउन २८ गते प्रहरीले काठमाडौंको ज्ञानेश्वरबाट पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक घर भई हाल काठमाडौंको नयाँ वानेश्वर बस्ने रमिता रन्जित श्रेष्ठको जाहेरीको आधारमा निज शारदा मगरलाई पक्राउ गरी थप कारवाहीको लागि महानगरिय प्रहरी परिसर टेकू उठाएको जानकारी पहरीले दिएको छ ।
ठगी कार्यमा संलग्न मगरले ४,३६,०००।– (चार लाख छत्तिस हजार मात्र) रकम बराबरको विभिन्न सुनका गरगहनाहरु अनेक वहाना बनाई ठगी गरेको ठगी गरेको पाइएको छ । निज शारदाले रमिता रञ्जित श्रेष्ठसँग सुनको सिक्री डेढ तोला १ थान ,सुनको लकेट ५४ लालको १ थान ,सुनको ब्रासलेट १ तोला ५२ लालको १ थान,हिराको औठी १थान र सुनको औठी ३५ लालको १ थान ठगी गरेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
साथै निजले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेकोले निजबाट ठगीमा परेको कोही भएमा महानगरिय प्रहरी कार्यालयमा सम्पर्क गर्नको लागि पनि नेपाल प्रहरी जनसम्पर्क तथा सूचना विभागले अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्