Techie IT
आईतबार, मंसीर २१,२०७७

नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण, २४ हजार ९५७ पुगे संक्रमित !


काठमाडौं,२९ साउन
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बिहीबार थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।संक्रमितमध्ये काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या स‌ंख्या २४ हजार ९५७ पुगेको छ ।

विगत २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १६ हजार ९ सय ३४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,०२५ जनामा सक्रिय सङ्क्रमण छ । गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ यो सँगै मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्