Techie IT
शुक्रबार, माघ ९,२०७७

पारिश्रमिक विधेयक प्रमाणीकरण


काठमाडौं,साउन २९

प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाबाट पारिश्रमिकसम्बन्धी विधेयक आज प्रमाणीकरण गरेका छन्। प्रदेशसभाको यही साउन १५ गते बसेको बैठकले सो विधेयक पारित गरेको थियो ।

प्रदेश नं ५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएकोे छ ।


क्याटेगोरी : अर्थ / वाणिज्य, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार