Techie IT
मंगलबार, मंसीर १६,२०७७

घर भत्किँदा घाइते तथा धनमाल नष्ट


काठमाडौं,साउन २९

तनहुँको घिरिङ गाउँपालिका-४ धाब्दी बस्ने केहर सिंह थापाको कच्ची घर वर्षाको कारण भत्किँदा घरले च्यापिएर उनका नाती २२ वर्षीय गंगा बहादुर थापा घाइते भएका छन् ।

प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले घाइतेलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि स्थानीय मेडिकल मानपुरमा पठाएको छ ।

घर भत्किँदा भाँडाकुँडा, काठपात, लत्ताकपडा र जिन्सी मालसामान गरी करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्