Techie IT
शनिबार, असोज ३,२०७७

अवैध रुपमा ल्याउँदै गरेको सामान बरामद


काठमाडौं,साउन २९

रुपन्देही,मायादेवी गाउँपालिका-४ बाट लु.१ च ७१६८ नम्बरको बलेरो जिपमा अवैध रुपमा ल्याउँदै गरेको ३ कार्टुन चप्पल, ३ बोरा तामाको प्लेट र ३७ थान फलामको मूर्तिमा पहेँलो जलप लगाएको विभिन्न भगवानको मूर्ति समेत गरी करिब २ लाख रुपैयाँ बराबरको सामान बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।

प्रहरी बिट गल्लामण्डीबाट खटिएको प्रहरीले उक्त गाडी र चालक समेतलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्