Techie IT
बिहीबार, असोज ८,२०७७

भरुवा बन्दुकसहित पक्राउ


काठमाडौं,साउन २९

पाल्पाको रैनादेविछहरा गाउँपालिका-३ छचुवा बस्ने ५२ वर्षीय गन बहादुर कुमाललाई १ थान एकनाले भरुवा बन्दुक, १ सय ५० ग्राम बारुद, १ सय ९० ग्राम गन्दक र ५९ वटा छर्रा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्