Techie IT
बुधबार, कात्तिक १२,२०७७

तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ


काठमाडौं,साउन २९

कास्कीको पोखरा महानगरपालिका-१० मिलनटोल डेरा गरी बस्ने सोही महानगरपालिका-१४ मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा हमाल लगायत १७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हमालको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले नगद १ लाख २ हजार ४ सय ९० रुपैयाँ र ८ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्