Techie IT
बिहीबार, मंसीर १८,२०७७

भारि बर्षाको कारण पहिरो बाट ८ जना को मृत्यु १ गम्भीर घाइते !


सिन्धुपाल्चोक, साउन १९ 
मेलम्ची नगरपालिका वडा न ११ स्थित मेलम्ची रिभर साइट भन्ने ठाउँमा कभर्डहलमा निर्माण गदै आएका स्थाइ घर बिरगंज भएका ८ जनाको गय रातिको भिषण बर्षाको कारणले पहिरोमा परेर मृत्यु भएको छ।

राति परेको पानीले पहिरो गएको हो। निजहरू सुतेको जस्तापाता को छाप्रो मेलम्ची हाइवे भन्दा तल पट्टी रहेको र पहिरो बाटो भन्दा माथिको ढुङ्गा माटो को ढिस्का बगेर छाप्रो पुरेको हो ।

पहिरो गएको खवर पाएपछि श्री बिष्णुदल गण सु गुल्म मेलम्ची ब्यारेक बाट सेनानी श्रीकृष्ण पाण्डे को कमान्डमा १/१२ जनाको टोलि उद्दारमा गएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी लगाएत सयुक्त टोलिले पहिरोमा पुरिएकाहरुलाई झिकेको थियो । पहिरामा पुरिएर मृत्यु हुनेहरुको घर बिरगंज भएको खुल्न आएको छ ।

जसमाप्रदिप कुमार चाैरासिया बर्ष- ३५ ,राजेन्द्र चौरासीया बर्ष – ४२ ,बिक्रम थिङ बर्ष ,२५ , मान ब रुम्बा बर्ष – २३ ,सिमन घलान बर्ष – २० , शिव बालक धामी बर्ष – २१, साेनम लामा बर्ष – १७,राजेश चौधरी बर्ष – २१ का रहेका छन।

निजको शवलाइ मेलम्ची स्वास्थ्य केन्द्र मा पोर्टमार्टमको लागि लगिएको छ । घाइते बर्ष ४५ का बरु साह लाइ मेलम्ची स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि थप उपचार को लागि काठमाडौं हेलिकप्टरबाट बाट पठाएको छ हाल बिरामीको उपचार ह्याम्स हस्पिटल मा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्