Techie IT
१० असार २०७८, बिहीबार

काँग्रेस पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधनप्रति पार्टीद्धारा दु:ख ब्यक्त


काठमाडौं ।

नेपाली काँग्रेसका पूर्व केन्द्रीय कार्यसमितिका सदस्य तथा वरिष्ठ प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको मसिर २६ गते शुक्रबार भएको निधलप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितले दु:ख ब्यक्त गर्दै विभिन्न शोक प्रस्तावसमेत पारित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा मंसिर २७ गते शनिबार आकस्मिक रुपमा बसेको पार्टि केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

पाटी सभापति शेरवहादुर देउवाको अध्यक्षतामा बसेको समितिको बैठकले नेता श्रेष्ठको निधनले सिंगो पार्टिलाई नै अपुरणिय क्षति पुगेको भन्दै नेता श्रेष्ठको निधनप्रति श्रद्धाञ्जी ब्यक्त गर्दै पार्टीले शोक सन्तप्त परिवारप्रति सहानुभुति प्रकट गरेको छ ।

वि.सं. २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका स्वर्गीय श्रेष्ठले पटक–पटक गरी १७ वर्ष भन्दा लामो समयसम्म बन्दी जेल जीवन बिताएका थिए ।

पञ्चायती व्यावस्थामा लोकतन्त्रपक्षधर पार्टीहरुलाई चर्को दमन गरिएको थियो ४६/४७ को आन्दोलनपश्चात राजनीतिक पीडितहरुलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित सहायता समितिको सदस्य, २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको सभापति, वि.सं. २०७२ मा जननायक बीपी कोइराला स्मृति ट्रष्टद्वारा बीपी सेनानी सम्मानबाट विभुषित स्वर्गीय श्यामलाल श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन÷संघर्ष र पार्टी संगठनमा पु-याएको योगदानको कदर गर्दै पार्टि केन्द्रिय समितिले १ मिनेट मौन धारण गरेको जनाइएको छ ।

साथै पार्टी केन्द्रीयसमितिको बैठकले मंसिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने , मंसिर २८ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने , स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा काठमाडौं जिल्ला समितिले भौतिक दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय गरेको पार्टी केन्द्रीय समितिले जनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्