Techie IT
९ असार २०७८, बुधबार

नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण, २ लाख ४६ हजार ६ सय ९४ पुगे संक्रमित


काठमाडौँ ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शुक्रबारथप १ हजार ४४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ७१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय ७४ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्