Techie IT
९ असार २०७८, बुधबार

गैंडाको खागसहित पक्राउ


काठमाडौं ।
काठमाडौं जिल्ला का.म.न.पा. वडा नं-१५ स्वयम्भु किमडोलबाट संरक्षित वन्य जन्तु गैंडाको खागको अवैध रुपमा कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अपराध महाशाखाबाट मिति २०७७/८/२५ गते खटिएको विशेष टोलीले  ४१ वर्षिय रिकेश शाक्य का.म.न.पा २३ झोंछे, ३५ वर्षिय सुरेश शाक्य का.म.न.पा २३ झोंछे, ३९ वर्षिय अनिल श्रेष्ठ का.म.न.पा २३ झोंछे, २६ वर्षिय रामसिंह तामाङ जि. नुवाकोट मेघाङ, २२ वर्षिय मुना तामाङ जि. नुवाकोट मेघाङगरी पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।  निज अभियुक्तलाई गैंडाको खाग भनि बिक्रि वितरण गर्न भनि कोठामा राखिरहेको अवस्थामा गैंडाको खाग जस्तो वस्तु बरामद तथा पक्राउ गरि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्