Techie IT
९ असार २०७८, बुधबार

प्रधानमन्त्री ओलीलाई गद्दार घोषणा गरेर जवर्जस्ती निकाल्ने संकेत !

प्रधानमन्त्री ओलीले २०७२ सालदेखि दुईपटक प्रधानमन्त्री भएपछि छिमेकी चीनको टाँसो लागेर भारतलाई उछिन्तो काढेर विरोध गरेपछि चिढिएको भारतीय पक्षले पनि यही मौकामा त्यसको बदला लिने गरि ओलीका विरोधीहरुलाई भित्री समर्थन दिएको बुझिएको छ ।


काठमाडौं ।
सत्तारुढ नेकपा भित्रको विवादका कारण प्रधानमन्त्री केपी ओली धोवी चुटाईमा परेर वेइज्जर्तीपूर्वक वर्खास्त हुने संकेत देखिन थालेको छ । प्रधानमनत्री ओली विरुद्ध अर्का अध्यक्ष प्रचण्डले लगाएका हावादारी आरोपलाई स्थापित गर्न पार्टीको झण्डा र संयन्त्र प्रयोग गरेर पार्टीकै नाममा तल्लो तहसम्म माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई हात लिएर आपसी स्वार्थको सहमतिमा प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउने निश्चयका साथ योजनापद्ध रुपमा फुर्की फुर्की अघि बढेका छन् ।

केन्द्रीय सचिवालयमा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष्य ओली विरुद्ध चार्जसीट प्रस्तुत गरेर अघि बढेका अर्का अध्यक्ष प्रचण्डले ओलीलाई वेइज्जतिवूर्वक पार्टीबाट कोक्रेठ्याक लगाएर पूर्व एमालेको जगमा बनेको विशाल पार्टी नेकपा कब्जा गर्ने कुटील योजना बनाएर अघि बढेका छन् । योजना अनुसार सचिवालयबाट स्थायी समितिमा सरेको ओली विरुद्धको आरोप पत्र त्यहाँबाट केन्द्रीय कमिटीमा पुग्ने छ र ओलीलाई केन्द्रीय कमिटीको बैठकको बहुमतले प्रधानमन्त्री र पार्टी अध्यक्ष्य दुबै पदबाट राजीनामा गर्न निर्देशन दिने छ , तर उनले त्यति गर्दा पनि राजीनामा दिएर दुबै पद छाडेनन् भने उनलाई पार्टीले गद्दार घोषणा गरेर जवर्जस्ती निकाल्ने संभावना बढ्दै गएको छ ।

प्रधानमन्त्री ओलीले २०७२ सालदेखि दुईपटक प्रधानमन्त्री भएपछि छिमेकी चीनको टाँसो लागेर भारतलाई उछिन्तो काढेर विरोध गरेपछि चिढिएको भारतीय पक्षले पनि यही मौकामा उनलाई खुईल्याउन र धोवीचुटाई गरेर वेइज्जती पूर्वक निकाल्न उनका विरोधीहरुलाई भित्री समर्थन दिएको बुझिएको छ । यही कारण पनि पार्टी भित्र प्रधानमन्त्री ओली विष्णु पौडेल, ईश्वर पोख्रेल, शंकर पोख्रेल, शेरधन राई, लगायत गोकुल वास्कोटा, महेश बस्नेत,किशान श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ,भानुभक्त ढकाल जस्ता आलाकाचा ठेट्नाहरुको भरमा अघि बढेका छन् । उनको विपक्षमा अहिलेको नेकपामा हस्ती मानिएका नेताहरुको अटाइ नअटाई छ ।

यद्यपि उनीहरुको जनाधारका बारेमा आशंका पनि छ । यस्तो अवस्थामा सहमति र सम्झौताबाट अघि बढेर प्रचण्डले चलाखीपूर्वक बहुमतीय आधारमा सिंगो पार्टी कब्जा गर्न लागेको स्पस्टै देखिन्छ तर त्यसको पछाडि अर्को शक्ति नभएको चाहि होइन् । प्रधानमन्त्री ओलीसँग वदला लिन र उनलाइृ मरिचमान र केशरजंगको थन्कोमा पुयांउन त्यो शक्ति भित्रीरुपमा जोडतोडले लागेको छ ।

प्रधानमन्त्री ओलीले संबैधानिक कदम छ । प्रधानमन्त्री ओलीले संबैधानिक कदम चाल्न नपाउँदै उनलाई पार्टीबाट निकालिने भावना वढ्दै गएको छ र त्यसैका लागि अध्यक्ष प्रचण्डले उनलाई घुक्र्याउँदै र धक्याउँदै भेट्दै गरेका छन् । प्रचण्डसँग पूर्व माओवादी वाहेक माधव नेपाल,झलनाथ खनाल र वामदेव गौतमको समर्थन रहेको छ ।

उनीहरुको समर्थनपछि एमालेसँग साठी चालीसको अनुपातमा पार्टी एकता गरेका प्रचण्डसँग नेकपाको सचिवालय,स्थायी समिति केन्द्रीय दलमा स्पष्ट बहुमत रहेको छ । पूर्व एमाले फुटेको यही मौकामा प्रचण्डले ओलीलाई जवर्जस्ती गलहत्याउने सुनौला अवसरक ठानेको उनी निकट सूत्रहरुले जनाएका छन् ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्