Techie IT
५ असार २०७८, शनिबार

अवैध लागूऔषध गाँजा खेती नष्ट


काठमाडौं ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाको विभिन्न वडा क्षेत्र गरी कुल २ सय २० बिगाहा क्षेत्रफलमा लगाएको अवैध लागूऔषध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

उक्त गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ८ र ९ का अठारे, धस्राङ, गेजुराङ, कर्लिङ्ग, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, सरिखेत, पलासे, धुरकोट, माईसिराङ, स्वारा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो, देविटार लगायतका स्थानहरुमा लगाइएको उक्त गाँजा खेती शनिबारदेखि बुधबारसम्म जिल्ला प्रहरी कार्यालय मकवानपुर र लागूऔषध नियन्त्रण व्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फडानी गरी नष्ट गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्