पूर्वमेयर गिरीको निधनप्रति दुःख व्यक्त

काठमाडौं,साउन २९
नेपाली काँग्रेसले पार्टीका धनुषाका नेता एवं जनकपुर नगरपालिकाका पूर्व मेयर कृष्ण गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । जनकपुरका प्रसिद्ध समाजसेवीसमेत रहेका गिरीको ७३ वर्षको उमेरमा यही साउन २७ गते राति काठमाडौँको मेडिसिटी अपस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
काँग्रेसले आज शोक विज्ञप्तिमार्फत उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको राससले जनाएको छ ।
काँग्रेसले उनिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व गिरीले नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्