Techie IT
३० जेठ २०७८, आईतबार

नेपालमा थप १२१७ जनामा कोरोना संक्रमण, २ लाख ४५ हजार ६५० पुगे संक्रमित


काठमाडौं।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बिहिबार थप १२१७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ।

पछिल्लो २४ घण्टामा १०६४ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १६६३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्