Techie IT
सोमबार, असोज १२,२०७७

स्याङ्जामा बाँदर धपाउने यन्त्रको प्रयोग बढ्दो


स्याङ्जा, साउन २९
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ३ विचारीडाँडाको कृषक समूहले निर्माण गरेको बाँदर धपाउने यन्त्रको प्रयोग बढ्दो छ । समूहले निर्माण गरेको यन्त्र बाँदर धपाउन उपयोगी रहेको स्थानीय कृषकको भनाइ छ । कोभिड–१९ को कारणले घरमै बसेको बेला यन्त्र निर्माण गर्ने सोच पलाएको समूह प्रमुख इन्जिनियर नवराज दोरङ्गा बताउँछन् । उनी भन्छन्, ‘बाँदरले गाउँघरमा दुःख दिएको, बालीनाली नष्ट गरेको देखेर समूहले यन्त्र निर्माण गर्न थालनी गरेको हो ।’ समूहमा इन्जिनियर दोरङ्गासहित पाँच जना कृषक संलग्न छन् ।

स्याङ्जाका विभिन्न गाउँपालिका र नगरपालिकामा यन्त्रको बिक्रीवितरण भइरहेको छ । यन्त्रको मूल्य गण्डकी प्रदेशभित्र प्रतिगोटा दुई हजार रुपैयाँ कायम गरिएको छ । यन्त्रले बाँदर र अन्य वन्यजन्तुलाई कुनै हानि/नोक्सानी नगर्ने इन्जिनियर दोरङ्गाले बताए । यन्त्रको माग बढ्न थालेकाले ठूलो परिमाणमा निर्माण गर्न सुरु गरिएको छ । नास्टसँगको परामर्शमा यन्त्रलाई अझै परिमार्जन गरिने उनले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्