Techie IT
५ असार २०७८, शनिबार

करिब ६ लाख ४० हजार नगद तथा सुनका गहना चोरी


काठमाडौं ।

ललितपुरको ललितपुर महानगरपालिका-१८ नख्खु सिद्धिपार्क बस्ने ज्ञान कुमारी सिग्देलको घरबाट कोही नभएको अवस्थामा ताल्चा फुटाई नगद ६० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भऐको छ ।चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै गरेर सिरहाको लहान नगरपालिका-१९ कटहा चोकबाट सोही नगरपालिका-२३ बस्ने जागेश्वर यादवको नगद ४ लाख रुपैयाँ बुधबार दिउँसो लुटपाट भएको छ

जन उत्थान लघुबित्त संस्था लहानबाट उक्त नगद निकाली साईकलमा घरतर्फ जाँदै गरेका यादवलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले उक्त नगद लुटी फरार भएको बताइएको छ ।ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्