Techie IT
३० जेठ २०७८, आईतबार

कपिलवस्तुको कोईली खोलामा डुबेर मृत्यु


काठमाडौं ।

कपिलवस्तुको बाणगंगा नगरपालिका-७ कपिलधामस्थित कोईली खोलामा डुबेर सोही नगरपालिका-९ चौघा बस्ने ५२ वर्षीय दामोदर आचार्यको बुधबार साँझ मृत्यु भएको छ ।

खोलाको क्रस गर्ने क्रममा साईकलसँगै खोलामा खस्न गई बेपत्ता भएका उनलाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि सामुदायिक अस्पताल पिपरा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्