Techie IT
३० जेठ २०७८, आईतबार

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु, ४ जना घाइते


काठमाडौं ।

महोत्तरी, रौतहट, कैलाली र स्याङजाका विभिन्न स्थानमा बुधबार भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु तथा ४ जना घाइते भएका छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका-५ स्थित सडकमा बा.३ ख २३९७ नम्बरको स्कुल बसबाट लडेर सोही ठाउँ बस्ने मोहमद मोम्ताज अहमदको ११ वर्षीय छोरा मोहमद मोद्धाशिर अहमदको बुधबार दिउँसो मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको गौर नगरपालिका-२ महादेवपट्टी सडकमा बीआर ३० एस ५२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा चालक सोही ठाउँ बस्ने २६ वर्षीय दिलिप पटेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित सडकमा से.१ प ५५७८ नम्बरको मोटरसाइकल र से.६ प ३७११ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर बुधबार दिउँसो दुर्घटना हुँदा से।१ प ५५७८ नम्बरको मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय पुरन बोहराको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुबै मोटरसाइकलमला सवारमध्ये १ जनाको सोही अस्पताल र २ जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

स्याङजाको वालिङ नगरपालिका-१४ डुम्रे भङ्ज्याङमा ना.६ ख २०९४ नम्बरको ट्रक सडकबाट करिब ५० मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा ट्रक चालक रौतहट डुमरिया बस्ने ३५ वर्षीय गंमिरा साहको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात थप उपचारको लागि मणिपाल अस्पताल पोखरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनास्थलमा खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्