Techie IT
३० जेठ २०७८, आईतबार

काकालाई घाँटीमा पासो लगाई सुनको मुन्द्रा चोर्ने अभियुक्त पक्राउ


काठमाडौं ।

आफ्नै काकाको कानमा लगाएको सुनको मुन्रामा चोरी गरेको अभियोगमा पाल्पाको बग्नासकाली गाउँपालिका-९ बस्ने ४५ वर्षीय हेम बहादुर सनमानिलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हेम बहादुरले काकालाई घाँटीमा पासो लगाएर घाइते बनाई कानमा लगाएको सुनको मुन्द्रा चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी भुसालडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि मिशन अस्पताल पाल्पातर्फ पठाइएको र अवस्था गम्भीर रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्