Techie IT
१० असार २०७८, बिहीबार

आफ्नै बाउलाई कुटेर मार्ने छोरी पक्राउ


काठमाडौं ।

आफ्नै बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्