Techie IT
९ असार २०७८, बुधबार

राष्ट्रियसभाका अध्यक्षद्वारा श्रद्धाञ्जलि व्यक्त


गलकोट ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय सांसद मनकुमारी केसीकी आमाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सांसद केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्यतिथिमा उहाँकै निवास बागलुङ नगरपालिका–३ गुठी पुगेर आज विहिवार बिहान उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । राससका अनुसार स्वर्गीय केसीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । खत्रीको ७७ वर्षका उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्