Techie IT
१४ मंसीर २०७९, बुधबार

भोलि राति १२ बजेदेखि भदौ ५ गतेसम्म बुटवलमा लकडाउन


काठमाडौं,२८ साउन ।
समुदायस्तरमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकामा लकडाउन गरिएको छ। बुधबार प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केशी, सुरक्षा निकायका प्रमुख तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित बसेको बैठकले बुटवलमा पुनः लकडाउन गर्ने निर्णय गरेको हो। लकडाउन घोषणा गरिएपछि बुटवलमा अत्यावश्यक सेवाका सवारी साधन, दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने साधन लगायत अत्यावश्यक सेवा मात्र संचालन हुने छन्।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्