Techie IT
बिहीबार, असोज १५,२०७७

मृत अवस्थामा फेला


मृत अवस्थामा फेला
काठमाडौं, साउन, २८
कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ मालुबेला भिमतालस्थित मछली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
बझाङ, जयपृथ्वी नगरपालिका-७ छयला बस्ने राजेश रानाको ७ वर्षीय छोरा सागर राना सोही ठाउँस्थित सिलीखोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै गरेर धनुषको गणेशमान चारनाथ नगरपालिका-२ राधापुरस्थित एक घरमा फर्निचरको काम गर्नेक्रममा करेन्ट लागेर महोत्तरी भंगा नगरपालिका-७ बस्ने ४५ वर्षीय अमृत नारायण विकको बुधबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर अशक्त भएका अमृतको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्