Techie IT
शुक्रबार, मंसीर १२,२०७७

अपहरण गर्ने पक्राउ तथा भन्सार छलीका सामान वरामद


काठमाडौं,साउन २८

पर्साको २०६८ मंसिर १६ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ सजाय तोकिई फरार रहेका पटेर्वा सुगौली गाउँपालिका-४ बस्ने ३८ वर्षीय बन्हु सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।५० केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजाको चालु मुद्दामा समेत संलग्न रहेका सहनीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१६ ईनर्वाबाट पक्राउ गरेको हो ।

साथै अवैध रुपमा भारतबाट भन्सार छलि ल्याउँदै गरेको करिब १ लाख २० हजार ७ सय ५० रुपैयाँ मूल्य बराबरको यूरिया मल र खैनी विभिन्न मितिमा प्रहरीले बरामद गरेको छ ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले को.२ ह ३२८३ नम्बरको टेम्पु सहित उक्त सामान बरामद गरेको हो ।बरामद सामान आवश्यक कारवाहीको लागि बुधबार सेतुवन्ध सुनसरी भन्सार कार्यालय कोशीव्यारेज पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्