Techie IT
बिहीबार, असोज १५,२०७७

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं,साउन २८

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरि नगरपालिका-६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका-८ मातातीर्थ चोकबाट पक्राउ गरेको हो ।

निज अनिल उदास र काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका(३ घर भएका २८ वर्षीय अमृत कुमार बैद्यले २०७६ चैत्र २ गते राति चन्द्रागिरि गरपालिका-१५ विष्णुदेवी घर भएका बा.२ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णु बहादुर श्रेष्ठलाई ढुंगा तथा इँटा प्रहार गरी सख्त घाइते बनाएका थिए । घटनामा संलग्न अमृत कुमार बैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने अनिल उदास उक्त घटना पश्चात फरार रहेका थिए ।उदासलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त वृत्तले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्