Techie IT
सोमबार, फागुन २४,२०७७

नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण, २४ हजार ४३२ पुगे संक्रमित !


काठमाडौं,२८साउन
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बुधबार थप ४८४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । जसमा काठमाडौं उपत्यकामा १३८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ ।

विगत २४ घण्टामा ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हालसम्म कोरोनाबाट १६ हजार ७ सय २८ जना निको भइ घर फर्किका छन्।अहिले देशभरि ७,६१३ जनामा सक्रिय सङ्क्रमण छ। नेपालमा कोनाभाइरसका कारण थप आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मृतकहरूमध्ये धनुषा जिल्लाका दुई जना र काठमाण्डू, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एक जना छन्। यससँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्